दमक,२४ मंसिर । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन ) दमकले शिक्षा क्षेत्रमा योगदान पुयाँएका बिभिन्न क्षेत्रका ३ जनालाई सम्मान गरेको छ ।
आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत सोमबार दमकमा आयोजित बृहत सांस्कृतिक कार्यक्रमको अवसरमा पत्रकारिता क्षेत्रबाट शिक्षाको बिकासमा योगदान दिएको भन्दै पत्रकार बिष्णुप्रसाद पोखरेल, जनप्रतिनिधि दमक वडा नं. ७ का वडाध्यक्ष भीम पौड्याल र लिटल स्कोलर बिद्यालयका प्रेम ओझालाई सम्मान गरेको हो । उनीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मान प्रदान गरेका हुन् ।
प्याब्सन दमकका अध्यक्ष नबिन योगीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष मित्र खत्रीले राखेका थिए । सोमबार र मंगलवार २ दिनसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन हुने अध्यक्ष योगीले जनाएकाछन् ।