वडाअध्यक्ष गौतम महिलासंग होटेलबाट रंगेहात पक्राउ

धरान ,२३ मंसिर । रामधुनी नगरपालिका वडा ७ का वडाअध्यक्ष केशव गौतम महिलासहित धरानको एक होटलबाट पक्राउ परेका छन् ।शनिवार धरान -१२ चतरालाईनस्थित शुभकामना होटेलमा वडाअध्यक्ष गौतम सोहि वडाकी एक महिलासहित बसेको भन्ने आफन्तको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीसहित ती महिलालाई रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।गौतम नेकपा एमालेबाट दोस्रो कार्यकाल पनि वडाध्यक्ष चुनिएका हुन् ।
प्रहरीले दुवैलाई अर्धनग्न रूपमा भेटेको बताएको छ । इलाका प्रहरी कार्यालय धरानमा पुर्‍याइएका गौतमलाई छाड्न दबाबआइरहेको स्रोतले बताएको छ ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले धरानको होटलबाट केशव गौतम र एक जना महिलालाई पक्राउ गरिएको बताए । उनले ती दुवै ईलाकाको सम्पर्कमा रहेको र थप अनुसन्धान भईरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.