प्रतिष्ठानद्वारा प्रदेश सांसद खनाल सम्मानित

दमक,२२ मंसिर । घृतकौशिक गोत्रिय प्रतिष्ठान माईधार झापाले गोठधुपको अवसर पारेर गोठ पुजा र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सम्पूर्ण घृतकौशिक गोत्रिय परिवारको तर्फबाट गोठ पूजा गर्नुका साथै धृतकौशिक गोत्रिय प्रतिष्ठान माईधार झापा र खनाल सेवा समिति झापा जिल्लाको तर्फबाट झापा जिल्ला क्षेत्रनं ४ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित राधाकृष्ण खनाललाई सम्मान गरिएको हो ।उक्त कार्यक्रममा निर्वाचित प्रदेश सभा सदस्य खनाललाई सम्मान पत्रबाट सम्मान गरिएको धृतकौशिक प्रतिष्ठानका अध्यक्ष चन्द प्रसाद खनालले जानकारी दिए ।
कार्यक्रममा खनाल सेवा समिति झापाका अध्यक्ष तेज प्रसाद खनाल , धृतकौशिक प्रतिष्ठानका महासचिव योगराज खनाल, खनाल सेवा समिति झापाका सचिव ओम प्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published.