बिद्यालय व्यवस्थापन समिति गठन प्रकृयाप्रति कांग्रेसको आपत्ति

दमक,२३ मंसिर । दमक नगरपालिकाले नगरका सामुदायिक बिद्यालयहरुमा व्यवस्थापन समिति गठनका लागि चालेको कदमप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसको स्थानीय नेतृत्वले आपत्ति जनाउँदै तत्काल सुधार गर्न ध्यानाकर्षण गराएको छ । कांग्रेसले सामाजिक सञ्जाल मार्फत नगरपालिकाको शिक्षा शाखाले जारी गरेको आदेशात्मक पत्रलाई आधार मानेर सो कदमको विरोध जनाएको हो ।
शिक्षा शाखाले ७ दिन भित्र बिद्यालयहरुले व्यवस्थापन समिति गठन प्रयोजनार्थ कक्षागत विवरण, अभिभावकको नाम र सम्पर्क नम्बर समेत माग गरेको भन्दै कांग्रेसले शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ अनुसार सुधार गरेर मात्रै विद्यालय व्यवस्थापन समिति गठन गर्न पनि कांग्रेसले माग गरेको छ । पार्टीका दमक नगर सभापति प्रकाश प्रसाइँ र पार्टीद्धारा गठित नगर शिक्षा समिति संयोजक समेत रहेका रामचन्द्र अधिकारीले संयुक्त रुपमा हस्ताक्षर गरेर विज्ञप्ती जारी गरि त्यस्तो माग गरेका हुन् । विज्ञप्तिमा शिक्षा ऐनसंग बाज्ने गरि बनाईएको कथित शिक्षा ऐन र नियमावली स्वीकार गर्न नसकिने स्पष्ट पारेको उल्लेख छ । यसैगरि हाल अभिभावकविहीन तीन सदस्यीय काम चलाउ विद्यालय व्यवस्थापन समिति खारेज गरि संघीय शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ बमोजिम विद्यालय व्यवस्थापन समिति गठन प्रकृया शुरु गर्न विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.