
पथरीशनिश्चरे, २३ मंसिर । मोरङको पथरीशनिश्चरेस्थित २ नम्बर वडा कार्यालय पनि आफ्नै भवनमा सरेको छ । नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाले बुधबार एक कार्यक्रमकाबीच नवनिर्मित कार्यालय भवनको उद्घाटन् गरे।
कार्यक्रममा बोल्दै नगर प्रमुख राई र उपप्रमुख वास्तोलाले नगरपालिकाको स्रोत र साधनले भ्याएसम्म नगर समितिले नगरका गतिविधिमा आफ्नो सक्रियता देखाइरहेको जोड दिए।
वडाध्यक्ष यामप्रसाद गुरागाईंको अध्यक्षताको कार्यक्रममा, वडा नम्बर २ बाट निर्वाचित गाउँ पञ्चायत हुँदै गाविस हुँदासम्मका जनप्रतिनिधिहरु तथा कार्यालय भवनका जग्गादाताहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मानित गरिएको छ ।
सो अवसरमा, राष्ट्रिय कलाकार वीरध्वज शिवाले गीत प्रस्तुत गरेका थिए । स्थानीय शब्द थिएटरले लैङ्गिक हिंसा विरुद्धको कचहरी नाटक ‘दोषी को ?’ प्रदर्शन गरेको छ । साथै, नगर गीतमा रेडस्टार बोर्डिङका विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।