बलात्कारको आरोपमा बिर्तामोडका पूर्व मेयर शिवाकोटी पक्राउ

झापा ,२४ मंसिर । नाबालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेको र सोही उजुरीको आधारमा बिर्तामोड प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.