दमक , २२ मंसीर । दमक तेक्वान्दो डोजाङका खेलाडी आयुस धिमालले अन्तराष्ट्रिय पदक जितेका छन् । नेपाल तेक्वान्दो संघ र कोरियाली राजदुताबासको संयुक्त आयोजनामा गत डिसेम्बर १ देखि ५ गतेसम्म काठमाण्डौंमा सम्पन्न १३ औं कोरियन एम्बसडर अन्तराष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा धिमालले ५९ केजी वजन समूहबाट काँस्य पदक जितेका हुन् ।
सातदोवाटोस्थित तेक्वान्दो कर्भड हलमा ङभएको सो प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, वंगालादेश,श्रीलंका र भुटानका ३ सय बढी खेलाडीहरुले सहभागिता जनाएका थिए ।प्रतियागितामा पुम्से र फाइटिङ गरि दुई विधामा प्रतिष्पर्धा गरिएको थियो ।
दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालका अनुसार प्रतियोगितामा डोजाङबाट ५ पुरुष गरि १० जना खेलाडीहरुले भाग लिएका थिए । अध्यक्ष जितु धिमालले जानकारी दिए । प्रतियोगितामा भाग लिन डोजाङकी प्रशिक्षकहरु प्रतिमा तामाङ र आयुस धिमालले नेतृत्व गरेका थिए । एक वर्ष अघि स्थापना भएको डोजाङको प्रमुख प्रशिक्षकमा झापाका वरिष्ठ प्रशिक्षक जितेन्द्र मेचे रहेका छन् ।
प्रतियोगितामा सहभागि खेलाडीहरुलाई हौसला प्रदान गर्न डोजाङका सल्लाहकार संयोजक गजेन्द्र देवान ,अध्यक्ष धिमाल, सल्लाहकार सदस्य बलराम धिमाल लगायतको टोली काठमाण्डौं पुगेका थिए ।