दमक ,२३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज दिउँसो दमकमा कालो झण्डा देखाउने खोज्ने ११ जना प्रर्दशनकारी पक्राउ परेका छन् । ओलीसहित उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहलाई कालो झण्डा देखाउन खोजेपछि ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी निशान थापासहितको प्रहरी टोलीले आकाशे पुल छेउबाट याम लोरिङदेनसहित केदार धिमाल, गङ्गा राई शेर्मा, मातृका धिमाल , बिक्रम वनेम फागो , दिनेश किराती, एल बि पालुङ्वा, सोम चेम्जोङ, बिबेक सुनुवार ,तीर्थ खडका लगायतका प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणका क्रममा प्रहरीले समातिएका प्रर्दशनकारीलाई लछारपछार गरि गाडीमा हालेका थिए ।
दमकमा पहिचानवादी समूहले आज प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने भन्दै संजाल मार्फत प्रचार गरेका थिए । डिएसपी थापाले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा रिपोर्टिङमा पुगेका पत्रकारहरुमाथि पनि दुव्र्यवहार गरेका छन् ।