धनकुटामा बेपत्ता युवक मृत फेला

झापा , २२ मंसिर । धनकुटाको महालक्ष्मी नगरपालिका ५ माझी गाउँका २४ वर्षीय अनिष माझी बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । घरभन्दा करिब एक किलोमिटर दूरीमा पर्ने स्थानीय रुद्रबहादुर भण्डारीको बारीमा माझीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । केही दिनदेखि बेपत्ता रहेका माझीको शव सडेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.