‘जक’ मुद्दाका दोषीलाई पाँच वर्ष कैद

इलाम,२२ मंसिर । जबरजस्ती करणी मुद्दाका दुई जना दोषीलाई जिल्ला अदालत इलामले पाँच वर्ष कैद सजाय सुनाएको छ । चौध वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका इलाम,सूर्योदय नगरपालिकाका–२ का २३ वर्षीय लोकबहादुर भुजेल र वर्ष २३ कै सुमन राईलाई पाँच ,पाँच वर्ष कैद सजाय सुनाएको हो ।

जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको एक इजलासले दुवै जनालाई कैद सजाय सुनाएको हो । भुजेल र राईविरुद्ध २०७६ मङ्सिर १४ गते बालिकालाई जबरर्जस्ती करणीको मुद्दा दर्ता गरिएको थियो ।

यस्तै महिलामाथि अभद्र व्यवहार गरेको मुद्दामा इलाम नगरपालिका–१२ का रेशबहादुर राउतलाई आठ महिना कैद सजाय भएको छ । राउतविरुद्ध अदालतमा सार्वजनिक स्थान वा प्रवेश गर्ने कानूनी अधिकार नभएको स्थानमा प्रवेश गरी महिलालाई अभद्र व्यवहार गरेको आरोप थियो ।

Leave a Reply

Your email address will not be published.