ब्रह्माकुमारी राजयोगको दुई तले भवनको शिलान्यास

पथरीशनिश्चरे ,२२ मंसिर । पथरी शनिश्चरे वडा नं १ को गुम्बा लाईनमा ॐ शान्ति ब्रह्मा कुमारी राजयोग पाठशालाले भूमि पुजन गरि दुई तले भवनको शिलान्यास गरेको छ ।
शनिवार बिहान पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो र उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले संयुक्त रुपमा उक्त भूमि पुजन कार्यक्रम तथा शिलान्यास गरेका हुन् ।
ब्रह्मा कुमारी राजयोग कोशी प्रदेश प्रमुख गीता दिदीको अध्यक्षतामा सम्पन्न भएको उक्त शिलान्यास कार्यक्रममा पथरीशनिश्चरे वडा नं १ का वडाध्यक्ष भीमकुमार राई, संविधानसभाका सभासद् चण्डीप्रसाद राई, आचार्य पण्डित केवल कृष्ण अधिकारी, पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत, सब डिभिजन कार्यालय पथरीका प्रमुख त्रिभुवन शाह, पथरी बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष माधवप्रसाद कोइराला, पथरी खानेपानी उपभोक्ता तथा सरसफाई समिति अध्यक्ष जयराम बिष्ट, पथरी जेसिसका अध्यक्ष राजकुमार विश्वकर्मा, पथरी शनिश्चरे स्वास्थ्य प्रमुख मुरारी प्रसाद आचार्य, सुनाखरी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रदिप कुमार राई, माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञप्रसाद बास्कोटालगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.