कवि ढुंगानालाई झर्रो शैली सम्मान तथा पुरस्कार

भद्रपुर ,२१ मंसिर । वरिष्ठ कवि राजेश ढुंगानालाई पूर्वकै सर्वाधिक सम्मानित रहेको चुडामणि रेग्मी झर्रो शैली सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ ।पूर्वका मोतीराम भनेर कहलिएका नेपाली साहित्यका दीर्घसेवक चुडामणि रेग्मीको नाममा यो सम्मान तथा पुरस्कारबाट यसवर्ष कवि ढुंगानालाई प्रदान गर्ने निर्णय भएको लेखनाथ पुस्तकालयले जनाएको छ । यो पुरस्कार २०७५ सालमा स्थापित भएको हो ।
विगत चार दशक अघिदेखि कविता लेखनमा सक्रिय ढुंगाना त्यतिनै बेलादेखि पत्रकारितामा समेत सक्रिय छन् ।२०८० सालको लेखनाथ जयन्तिको अवसर पारेर पुस २६ गते ढुंगानालाई यो सम्मान तथा पुरस्कार प्रदान गरिने छ । उक्त सम्मान नगद रु. २५ हजार नगद पुरस्कारसहितको रहेको छ ।
कवि ढुंगानाकोे सयौँ फुटकर कविताहरु प्रकाशित छन् भने प्रकाशित संग्रहमध्ये कविता संग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ अत्याधिक चर्चित छ ।

Leave a Reply

Your email address will not be published.