लुङा पत्रिकाको रजतवर्ष, पत्रकार तथा साहित्यकारहरु पुरस्कृत

दमक,२२ मंसिर । लुङा पत्रिकाले आफनो रजत वर्षका अवसर पारेर विशेषाङक निकालेको छ । शुक्रवार दमकमा एक कार्यक्रम गरि पत्रिकाले रजतबर्ष विशेषाङक लोकापर्ण गरिएको सम्पादक तथा प्रकाशक सेसेमी से–नाल्बोले बताए ।
पाँचथरको मौवाबाट प्रकाशित हुदै आएको लिम्बू र नेपाली भाषा दुवैमा समेटिएको सो मासिक पत्रिका पछिल्लो एक दशकदेखि भने दमकबाट प्रकाशित हुदैआएको छ । रजत वर्ष बिशेष सो कार्यक्रमका अवसर पारेर पत्रिकाले इतुङसा पत्रिकाका सम्पादक थाकुहाङ मेरिङ र भारत ,आसामबाट प्रकाशित हुदैआएको धड्कन पत्रिकाका लोकमान सुब्बा आङ्देम्बेलाई नगदसहित पुरस्कृत गरिएको थियो । दुवैलाई रु २० हजार राशीको सम्मान र ताम्रपत्र रहेको छ ।
यसैगरी पत्रिकामा योगदान पुरयाँएवापत साहित्यकार हरि चोङबाङ, लछामी सेर्मा पापो, सेसेहाङ फियाक, लाल अञ्जान सम्बाहाम्फे, कृष्णा प्रिन्टिङ प्रेसका पदम श्रेष्ठ , दिलकुमार लावतीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा कियाचु लिम्बुवान प्रदेश समिति सचिव जितेन पन्धाक साङसेन, धिरेन लावती, देवेन्द्र लावती लगायतको उपस्थिति रहेको थियो ।पत्रिकाका व्यवस्थापक इक्सा सम्बाहाम्फेले गरेकी थिइन् भने सञ्चालन याक्थुङ साहित्य प्रतिष्ठानकी सचिव रचना लावतीले गरेकी थिइन् ।सोहि कार्यक्रममा याक्थुङ वर्णविन्यासमा केम्फ्रेङ, मुक्फ्रेङ र सई प्रयोग बारे विमर्श र लिम्बू भाषामा आधुनिक साहित्य लेखन तथा समालोचना बारे विमर्श भएको थियो । कार्यक्रममा लिम्बू साहित्य लेखक तथा बुद्धिजिवीहरुको सहभागिता रहेको लिम्बू भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहेका पत्रिकाका प्रकाशक तथा सम्पादक नाल्बोले बताए ।

Leave a Reply

Your email address will not be published.