पथरीमा नगरस्तरीय लोक नृत्य प्रतियोगिता

पथरीशनिश्चरे, २१ मंसिर । प्याब्सन नगर कार्य समिति ,पथरी शनिश्चरेको आयोजनामा नगर स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। मोरङको पथरीशनिश्चरे वडा नं १ को भुपु सैनिक अंग्रेजी बोडिङ्ग स्कुलको प्राङ्गणमा सो प्रतियोगिता आयोजना सम्पन्न भएको हो।
प्रतियोगिताको जुनियरतर्फ पहिलो, दोस्रो र तेस्रो क्रमशः ग्रेटग्रेस बोर्डिङ्ग स्कूल, एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कुल र भुपु सैनिक अंग्रेजी स्कूल भएका थिए भने सिनियर तर्फ क्रमशः पहिलो रेडस्टार अंग्रेजी माध्यमिक बिद्यालय पहिलो र एभरेष्ट बोर्डिङ स्कुल दोस्रो स्थान हासिल गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले प्रतियोगिताका पुरस्कृत विद्यालयका छात्र छात्राहरूलाई ट्रफी तथा मेडल प्रदान गरेका थिए ।
उक्त प्रतियोगितामा नगर भित्रका विभिन्न संस्थागत विद्यालयहरूका जुनियर तर्फ ११ र सिनियर ५ वटा सहित कुल १६ वटा नृत्यहरू प्रस्तुत गरिएका थिए।
प्याव्सन पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा सम्पन्न भएको सो प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, पथरी शनिश्चरे नगरपालिकाका शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख नवीन खलाल बुढाथोकी, प्याब्सन मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहाल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्याब्सन पथरी शनिश्चरे नगरका सचिव सुजन बास्तोलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.