हात्तीको आक्रमणबाट वृद्वको मृत्यु

उर्लावारी,२० मंसिर । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैँचामा मङ्गलबार एक जना वृद्वको ज्यान गएको छ ।हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमणमा परेर सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए ।
बाँस्तोलाकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । मृतक बाँस्तोलाको शव परीक्षणको लागि उर्लाबारी लगिएको प्रहरीले जनाएको छ । पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकामा हात्तीले आङ्तक मच्चाउने गरेको छ ।

Leave a Reply

Your email address will not be published.