बिर्तामोड,२० मंसिर । वीरता लेडी जेसीज बिर्तामोडको अध्यक्षमा संगीता गिरी निर्विरोध निर्वाचित भएकी छिन् । वीरता लेडीको सोमबार सम्पन्न साधारण सभाले बर्ष सन् २०२३ का लागि अध्यक्षमा गिरीलाई चयन गरेको हो । कार्यकारीणी उपाध्यक्षमा मेनुका ओली लोहनी ,अर्चना खड्का राउत, उपाध्यक्षहरुमा मुना ढुंगेल, प्रियङ्का उप्रेती, प्रभा राया कार्की र श्रेया शिवाकोटी चयन भएकी छन् । त्यस्तै सहसचिवमा कोपिला पोखरेल सिटौला, जनसम्पर्क अधिकारीमा रोजिना पाण्डे, तालिम संयोजकमा चन्द्रकला रिजाल भट्टराई र शाखा सम्पादकमा दिपा शिवाकोटी लुईटेल सर्वसम्मत चुनिएकी छन् ।
जेसीज विधान अनुसार अध्यक्षले मनोनित गर्ने कार्यसमितिका पदहरु कानूनी सल्लाहाकारमा युनिता दवाडी, महासचिवमा निषा शाक्य र कोषाध्यक्षमा सुमित्रा बस्नेत भट्टराईलाई मनोनित गरेकी छन् ।