दमक, २० मंसिर । दमक नगरपालिका वडा न. १ अध्यक्ष हरि प्रसाद न्यौपानेले दमककी युवा ब्यवसायी विन्दु सिटौला(लक्की ) ले दमक १को वडा कार्यालय र वडाका जनप्रतिनिधिको विरुद्धमा चरित्र हत्या गर्ने कार्य गरेकी भन्दै आफनो गंभीर ध्यानाकर्षण भएको बताएका छन् ।
वडाअध्यक्ष न्यौपानेले मंगलवार वडा कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी ब्यवसायी सिटौलाले ब्यवसाय दर्ता गर्न सिफारिस माग गर्दा दिन नमानेको भन्ने भ्रामक भनाई मात्र भएको जिकीर गरे ।
सिटौलाको १० कठठा जग्गा साविक लखनपुर गाविस वडान १ हालको कमल ५ मा रहेको मालपोत कार्यालय दमकको २०७३ मंसिर १९ गतेको लिखत पारित तत्कालिन लखनपुर गाविस हालको कमल गापाको घरवाटो सिफारिस ,सम्पत्तिकर तिरेको रसिदको आधारमा दमक १ को क्षेत्रमा नपर्ने देखिएको हुदा ब्यवसायको सिफारिस दिन नसकेको वडाअध्यक्ष न्यौपानेले बताए। उनका अनुसार नापी कार्यालय दमकलाई यो जग्गा कहाँ पर्छ भनेर लिखित माग पछि नापी कार्यालयले मंसिर ११ गते यो जग्गा मधुमल्लाको ६ (ङ )मा पर्छ भनी लिखित पत्र पठाएको छ । यो दमक १ मा पर्दैन रतुवा खोला पारी कमलमा पर्छ म ढुक्क छु–वडाअध्यक्ष न्यौपानेले स्पष्ट पारे ।
सिटौलाले इको नेपाल इन्फनइस्ट्रक्टर प्रालिको नाममा साविक मधुमल्ला ६९ङ०पर्ने कित्ता न। १६४ को जग्गा मालपोत कार्यालयको श्रेस्ता अभिलेखवाट २०७३ साल मंसिर १९ गतेको मिना राई र केशावती पुरीका नाममा कित्ता काँट भइ सिटौलाको नाममा कित्ता न १६३ को दक्षिण तर्फ कित्ता न १६४ कायम भई जग्गा १० कठठा लिखत पारित भएको देखिएको वडाअध्यक्ष न्यौपाने सहितको वडा सदस्यहरु द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सिटौलाले ब्यवसाय दर्ता गर्न सिफारिस माग गर्दा वडा अध्यक्ष न्यौपानेले सिफारिस नदिएको भन्दै गत मंसिर १३ गते पत्रकार सम्मेलन गरेकी थिइन । यस जग्गाको विषयमा बुझदा जग्गाधनी सिटौलाले दमक १ का वडाअध्यक्ष न्यौपानेले शुरुमा बुझेर मात्र सिफारिस दिने बताए पनि पछिल्लो समय घटना क्रम बढ्दै गएपछि प्रतिसोध साधेर ब्यवसायको लागि सिफारिस नदिएको आरोप लगाएकी थिइन्।
गत जेठ ११ गते ख्रिष्ट कोष्ट मण्डलीको नाममा इको नेपाल इन्फाइस्ट्रक्टर सञ्चालन रोक्का दमक नगर प्रमुख राम थापा समक्ष निवेदन परेको र नगर प्रमुख थापाकै सक्रियतामा छलफल भएको तर निकास ननिस्कएको हुदा सिफारिस दिन नसकेको प्रेस विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा दमकका विभिन्न वडाका वडाअध्यक्षहरु,वडा सदस्यहरु तथा दमक १ का प्रतिनिधिमूलक वडाबासीहरुको उपस्थिति रहेको थियो ।