बढ्यो हात्ती आतंक, दुई सातामा ४ जनाको मृत्यु

दमक,१९ मंसिर । पछिल्लो समय कोशी प्रदेशमा जंगली हात्तीको आतंक बढेको छ। झापा, मोरङ र सुनसरीमा वस्ती आसपास पुगेर हात्तीले मानवीय तथा भौतिक क्षति गरिरहेको पाईएको छ। ्
पछिल्लो दुई साताको अवधिमा यस प्रदेशमा हात्तीको आक्रमणबाट ४ जनाले ज्यान गुमाईसकेका छन् । मृत्यु हुनेमा २ जना भने झापाकै छन्।

मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा हात्तीको आक्रमणबाट सोमबार बिहान लेटाङ नगरपालिका–३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए।
लेटाङबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको अवस्थामा माझीलार्ई हात्तीले आक्रमण गरेको उनको भनाइ छ। बाटोमा जम्काभेट हुँदा आक्रमण गर्दै हात्तीले जंगलतर्फ फ्यालिदिएको प्रहरीले जनाएको छ। घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइन्छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहालका अनुसार माझीले आफ्नो साथमा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ मर्चा बोकेको पाइएको छ।
परिवारका सदस्यलार्ई उद्रित गर्दै प्रहरीले दिएको जानकारी अनुसार उनी मर्चा लिएर लक्ष्मीमार्ग बजारतर्फ आउँदै थिए। जानकारहरूका अनुसार घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थप्रति हात्ती अति आक्रामक हुन्छ। घरेलु मदिरा बनाउने गरिएका घरहरूलार्ई लक्षित गरेर हात्तीले बढी नै दुःख दिने र क्षति पु¥याउने गरेको जानकारहरू बताउँछन्। प्रहरीका अनुसार भाउन्ने आसपासमा आइतबार रातभर हात्ती देखा परेका थिए। २०–२२ वटाको संख्यामा रहेको हात्तीको बथानलार्ई स्थानीय र प्रहरीले जंगलतर्फ धपाएको डीएसपी दाहालले बताए।
गत मंसिर ६ गते हात्तीको आक्रमणबाट दमकस्थित बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो। दाउरा खोज्न जंगल गएका बेला शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनमा तामाङलार्ई हात्तीले आक्रमण गरेको हो।
यही मंसिर १३ गते राति हात्तीको आक्रमणमा परेर सुनसरीको इटहरी उपमहानगरपालिका–२ का रविन खड्काको मृत्यु भएको थियो। जंगल क्षेत्रबाट वस्तीमा निस्किएको हात्तीको बथान धपाउने क्रममा उनी आक्रमणमा परेका थिए। केही समययता इटहरी–२, ३, १९ र २० लगायतका वडामा हात्तीको बथान देखा परिरहेका छन्।

झापाको हल्दीबारी गाउँपालिका–४ का ४० वर्षीय धनबहादुर वनको गत शुक्रबार हात्तीको आक्रमणबाट मृत्यु भएको छ। उनी रणकाली सामुदायिक वन जलथलका चौकीदार थिए। सामुदायिक वनको रेखदेख गर्न गएका बेला उनलार्ई हात्तीले आक्रमण गरेको थियो।

वन्यजन्तु विज्ञहरू मानवीय स्वभाव र व्यवहारकै कारण हात्तीको आक्रमण बढेको बताउँछन्। हात्ती वस्तीनजिक आएपछि धपाउन ठूलो संख्या स्थानीय भेला भएर होहल्ला गर्ने, आगो बाल्ने तथा विभिन्न भाँडाकुँडा बजाएर हात्तीलार्ई त्रसित बनाउने काम गर्छन््। त्यसले हात्ती आक्रोसित भएर मानिसलार्ई आक्रमण गर्ने गरेको कोशी टप्पू वन्यजन्तु आरक्षका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए।

उनका अनुसार विशेष गरेर वर्षमा २ पटक जंगली हात्ती वस्तीमा देखा पर्ने गरेका छन्। असार–साउन तथा कात्तिक–मंसिरमा हात्तीको असर बढी देखिने यादवको भनाइ छ। जंगलमा आहार नपाइँदा खानेकुराको खोजीमा हात्ती वस्तीनजिक र बालीनाली लगाएको स्थानतर्फ आउने उनले बताए। ‘चिसो बढ्दै गएर जंगलमा आहार पाउन छाडिएपछि अहिले जंगली हात्ती वस्ती छिरेर क्षति गर्न थालेका छन्। कृषकले लगाएको बालीनाली खाइदिन्छन्,’ उनले भने, ‘अर्कोतर्फ हात्ती हिँड्ने परम्परागत बाटो अतिक्रमणको चपेटामा परेको छ। जताततै घर, सडक र नहरहरू बनेका छन्।’ हात्तीले हिँड्न परम्परागत बाटो प्रयोग गर्ने गरेको यादवको भनाइ छ।
प्रहरीका अनुसार यहाँ उपद्रो मच्याउदै आएको हात्ती २०,२२ वटाजतिको संख्यामा रहेका छन् । हात्तीको बथानमा एउटा छावा (हात्तीको बच्चा ) पनि छ। बच्चा साथमा भएकाले पनि हात्ती अलि बढी आक्रामक भएको हुनसक्ने अनुमान प्रहरीको छ।

Leave a Reply

Your email address will not be published.