मंसिर २२ मा आध्या एजुकेशनको जापान अध्ययनको सेमिनार

दमक ,२० मंसिर । दमक ८ यूनिक कलेज मार्गमा रहेको आध्या एजुकेशनले उच्च शिक्षा अध्ययनका लागि जापानमा जाने विद्यार्थीहरुलाई लक्षित गरि यहि मंसिर २२ गते शनिवार एकदिने निशुल्क सेमिनार गर्ने भएको छ ।
उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श दिने उद्देश्यले निशुल्क सेमिनार सञ्चालन गर्न लागिएको हो ।बिहिबार संस्थाले आफनै कार्यालयमा पत्रकार सम्मेलन गरि शैक्षिक परामर्श शिविरको तयारीका बारेमा जानकारी दिएको हो ।
विहान ११ वजेदेखि शुरु हुने सो सेमिनार संस्थाको कार्यालयमा हुने र यस सेमिनारबाट जापान लगायतका देशमा अध्ययनका लागि चाहिने विद्यार्थीहरुले विभिन्न विषयमा आवश्यक जानकारी प्राप्त गर्न सक्ने आध्या एजुकेशनका प्रवन्ध निर्देशक राकेश कर्णले बताए । उनले सेमिनारमा विद्यार्थीहरुले जापानमा रहेका कलेज तथा विश्वविद्यालय ,पढाई हुने कोर्ष र जापानको जीवनशैली लगायतका विषयमा बुझन तथा जापानीज भाषा कलेजका प्रतिनिधिसंग प्रत्यक्ष कुराकानी गरेर जिज्ञासा मेटाउन सक्ने बताएका छन् ।
सेमिनारमा जापानको जापनीज भाषा कलेजका प्रतिनिधि समेत रहेका धिरज कार्कीले सहजीकरण गर्ने कार्यक्रम छ ।
पत्रकार सम्मेलनमा जापानीन भाषा कलेजका प्रतिनिधि कार्कीले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुले यस सेमिनारबाट उचित शैक्षिक परामर्श पाउने बताए ।
सोहि अवसरमा आध्या एजुकेशनले यस सेमिनारमा सहभागि भएर उच्च शिक्षा अध्ययनको निम्ति जापान जाने विद्यार्थीहरुका लागि बिशेष अफर समेत राखेको जनाएको छ । अफर अन्तर्गत यस एजुकेशनमार्फत अध्ययनको आवेदन प्रकृया शुरु गर्ने पहिलो ५ जना विद्यार्थीलाई शतप्रतिशत र दोश्रो ५ जना विद्यार्थीलाई भाषा अध्ययनमा ५० प्रतिशतसम्म छुटको व्यवस्था राखिएको प्रवन्ध निर्देशक कर्णले जानकारी दिए ।
छ महिना अघि खोलिएको आध्या एजुकेशनले अध्ययनका लागि जापान,युके ,क्यानडा,डेनमार्क,न्यूजिल्याण्ड, फिनल्याण्ड लगायतका यूरोपका विभिन्न देशका कलेजका विषयमा उचित परामर्श प्रदान गरि शैक्षिक सेवा पुरयाँउदैआएको छ ।

 

Leave a Reply

Your email address will not be published.