दमक, १९ मंसिर । दमकमा बस्दैआएका इसाई धर्मावलम्वीहरुले ख्रीष्टमस बिशेष कार्यक्रमहरुका साथ मनाउने भएका छन् ।दमक नगर इसाई समाजको आयोजना र इसाई समाजसंग आबद्ध चर्च (मण्डली) हरुको सहयोगमा यहि पुष ७ गते आइतबार दमकमा भव्य रुपले ख्रीष्टमस मनाउने भएका हुन् । इसाई समाजले बुधबार दमकमा पत्रकार सम्मेलन गरि ख्रीष्समस सम्बन्धी विशेष कार्यको तयारीका बारेमा जानकारी दिए ।
ख्रीष्टमस विशेष कार्यक्रमका संयोजक कुमार तामाङले कार्यक्रमको तयारीका बारेमा जानकारी गराए । उनका अनुसार ख्रीष्टमसको अवसरमा बिहान दमकमा शान्ति, सद्भाव, मित्रता र प्रेममय ¥याली निकालिने छ । गंगानगरीबाट सुरु हुने ¥याली दमकको मुख्य चौक, गणतन्त्र चौक, जेसिज चौक, थाना लाइन नमूना मार्गबाट हाट खोला , मामा चोक लगायतका स्थानमा परिक्रमा गरि पुनः गंगानगरीमा आएर कार्यक्रम गरिने इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाले जानकारी दिए ।
कार्यक्रममा ख्रीष्समस शुभकामना आदनप्रदान, आशिषमय प्रवचन र मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमका साथ मनाइने उनले बताए ।
दमकमा झण्डै ४० को हाराहारीमा चर्चहरु छन् । दमक नगर इसाई समाज अन्तर्गत आमा दिदीबहिनी उपसमिति, युवा संगति उपसमिति, प्रशासनिक उपसमिति, सामाजिक उपसमिति, बिपद् व्यवस्थापन उपसमिति, खेलकुद उपसमिति, प्रचारप्रसार उपसमिति, स्वयसेवक उपसमितिहरु क्रियाशिल छन् ।
पत्रकार भेटघाटमा इसाई समाजका निवर्तमान अध्यक्ष आकाश थुलुङ राई,
इसाई समाज दमकका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक राजकुमार नाछिरिङ राई, इसाई समाजको बिपद् व्यवस्थापन उपसमितिका संयोजक पाष्टर युवराज गजमेर लगायतले ख्रीष्टमस कार्यक्रमबाट समाजमा सकारात्मक सन्देश फैलाउन सफल हुने विश्वास व्यक्त गरेका थिए ।