जिप दुर्घटनामा चालकको मृत्यु

ताप्लेजुङ, १८ मङ्सिर । जिप दुर्घटनामा परेर ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा आइतबार राति चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा प्र १–०१–००१ ज ३४३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक निसान लिम्बूको मृत्यु भएको हो ।
याम्फुदिनको भोटेगाउँदेखि छेबुकतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई दुर्घटनामा परेको थियो । राति करिब ९ बजेतिर भएको जिप दुर्घटनामा सोही गाउँपालिका–५ पेदाङ घर भई हाल फुङ्लिङ नगरपालिका–५ बस्दै आएका चालक ३० वर्षीय लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनाको स्थलगत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.