झापामा चासोक तङ्नाम–५०८२ मनाइदै

दमक, १८ मंसिर । लिम्बू याक्थुङ् जातिको महान चाड पर्व चासोक तङ्नाम र किरात सिरिजङ्गा लिपी, याक्थुङ् भाषा साहित्यको उत्थानको अभियानमा सहिद त्येअङ्सी सिरिजङ्गा सिंथेबेको ३१८ औं जन्म–जयन्ती विभिन्न कार्यक्रम गरि मनाईदै छ । चासोक तङ्नाम यहि मङ्सिर २२ गतेका दिन झापा जिल्ला अन्तर्गत विभिन्न क्षेत्रमा कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाको हालै सम्पन्न बैठकले जिल्ला भित्रका सवै गाउँ , नगर शाखालाई चासोकसहित सिरिजङ्गा जयन्ती मनाउन अनुरोध गरेको छ ।
चासोक तङ्नाम यसवर्ष यहि मङ्सिर २२ गते परेको छ । जिल्लाको निर्देशन बमोजिम जिल्ला भित्रका एक दर्जन यसवर्ष जिल्ला अन्तर्गतका चुम्लुङ गाउँ ,नगर र वडाकार्य समितिले चासोक मनाउने तयारी तीव्र पारेका हुन् ।
यसैक्रममा कियाचु दमक नगर शाखाले दमक -७ स्थित किरात भवनमा चासोक तङ्नाम मनाउने तयारी गरेको नगर अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङले बताए ।
यस्तै, गौरदह चुम्लुङ नगर समितिले गौरादह- १ स्थित युमा माङ्हिम परिसरमा चासोक तङ्नाम मनाउने तयारी गरेको नगर अध्यक्ष राजकुमार माखिमले जनाएका छन् ।
प्रत्येक वर्ष मनाइने चासोक तङ्नामको व्यापकतालाई नगर , गाउँ, वडा र टोल टोलमा पुरयाँउने उद्देश्उले कियाचु मेचीनगरले पनि मेचीनगर ८ स्थित किरात याक्थुङ चुम्लु नगर चुम्लुङ्हिममा मनाइने तयारी गरिएको अध्यक्ष धनप्रसाद केरुङले बताए ।
यसैगरी भद्रपुर ,अर्जुनधारा ,कमल, बाह्रदशी गाउँ ,नगर शाखाले आ–आफ्नो ठाउँमा सामूहिक रुपले चासोक मनाउने तयारी गरिएको जिल्ला अध्यक्ष शेसेहाङ्ग फियाकले जानकारी दिए । चासोकमा लिम्बू जातिको सांस्कृतिक कला,संस्कृति तथा पूजापाठ समेत गरिने कार्यक्रम रहेको जनाईएको छ ।
चासोक तङ्नामलाई हरेक ठाउँमा मनाइदै जाने निर्देशन गरिएअनुसार यसपाली शिवसताक्षी -१ को चुम्लुङ् वडा कार्य समितिले धरमपुर चौकमा ,वडा न.३ ,४ वडा समितिले समेत आआफनो ठाउँमा चासोक मनाउने तयारी गरेका हुन् ।
कमलमा पुस २ गते चासोक
चुम्लुङ् कमल गाउँ कार्य समितिले आगामी पुस २ गतेका दिन चासोक विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाउने गरी तयारी गरेको कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बुले बताएका छन् । चासोक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न आवश्यक तयारी धमाधम भईरहेको उनले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published.