जामुनखाडीमा न्यौपाने बन्धुको बनभोज सम्पन्न

दमक,१७ मंसिर । न्यौपाने बन्धु समाज नेपाल दमक नगर समितिले आज शुक्रवार सामूहिक बनभोजको आयोजना गरेको छ ।दमकमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्दै आएका कौडिन्य गोत्री न्यौपाने बन्धुहरुको बनभोज कार्यक्रम भएको हो । कन्काई नगरपालिकाको पर्यटकीय स्थल जामुनखाडीमा बन्धुहरुको सामूहिक बनभोज कार्यक्रम सम्पन्न गरेको जनाइएको छ ।
न्यौपाने बन्धुहरुवीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले बनभोज कार्यक्रमको आयोजना गरिएको समाजका नगर अध्यक्ष बाबुराम न्यौपानेले जानकारी दिए ।
बनभोज कार्यक्रममा बन्धु समाज झापाका अध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्य, बन्धुहरु लगायतका समेत सहभागिता रहेको थियो । त्यस अवसरमा बोल्दै सहभागि न्यौपाने बन्धुहरुले आपसी बन्धुत्वको महत्व माथि चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.