पातञ्जल योग समितिको नेतृत्व चयन,अध्यक्षमा पुनः सुवाल

दमक,१७ मंसिर । पातञ्जल योग समिति नेपालको नयाँ नेतृत्व चयन भएको छ । आज दमकमा सम्पन्न पातञ्जल योग समितिको तेश्रो राष्ट्रिय महाधिवेशनले पुनः बालमुकुन्द सुवालको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा नवराज काफ्ले, महासचिवमा होमप्रसाद गौतम, उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुखमा सुवर्ण चित्रकार, महिला उपाध्यक्षमा सृजना मल्ला ठकुरी निर्वाचित भए ।
त्यस्तै,समितिको ७ वटै प्रदेशबाट उपाध्यक्ष तथा प्रदेश इन्चार्जहरुमा क्रमशः केशव ताम्राकार (कोशी प्रदेश), रामनाथ अधिकारी (मधेश प्रदेश), कमला गुरुङ (गण्डकी प्रदेश), दिपकप्रसाद नेपाल (सुदुरपश्चिम प्रदेश) निर्वाचित भएका छन् ।
यसैगरि, समितिको कोषाध्यक्षमा गीता नेपाल, सचिवमा संगिता श्रेष्ठ र सदस्यहरुमा कपिल शाही, हरिओम अधिकारी, बुद्धलक्ष्मी विसी, मेनुका प्रधान, देवराज गिरी, उर्मिला ढकाल, बालकृष्ण प्रधान, निरा दाहाल, हेमा प्रजापति, मैया वराल, यादवप्रसाद गजरुेल, अम्बिका खड्की, प्रेमकुमारी श्रेष्ठ, मंगालादेवी बज्राचार्य, हेमन्तीदेवि गजुरेल र भगलु महतो निर्वाचित भएको योग समितिद्धारा दमक घोषणापत्रमा उल्लेख छ ।
त्यस्तैं, सोही अधिवेशनको बन्दसत्रले गंगाप्रसाद ढकालको नौ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा लीला निरौला, जानुकादेवी गुरागाई, प्रदिपकुमार श्रेष्ठ, जानुकादेवि भट्टराई, शंकर मानन्धर, अमिर श्रेष्ठ, केशव दुलाल र अम्बररत्न बज्राचार्य रहेका छन् ।

सोही अधिवेशनबाट प्रशिक्षण विभाग, सूचना प्रकाशन विभाग , साँस्कृतिक विभाग, महिला विभाग लगायतका आधा दर्जन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।
दमकस्थित पशुपति मन्दिरमा आयोजित महाधिबेशनको शनिबार जगतगुरु बालसन्त श्री १००८ मोहनशरण देवाचार्यले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.