दमक,१६ मंसिर । दमकका साहित्यकार बिन्दु दाहाल मुकदर्शकको ‘अन्तर्बोध’कविता सङ्ग्रह लोकार्पण गरिएको छ । आज दमकमा आयोजित एक कार्यक्रमका बीच सो कृतिको बरिष्ठ साहित्यकार प्रा.डा.टंक न्यौपानेसहितका श्रष्टाहरुले सामूहिक रुपमा लोकापर्ण गरे ।
लोकार्पण भएको कविता सङ्ग्रह माथि स्रष्टाहरु भिम दाहाल र शिशिर भट्टराईले समिक्षात्मक टिप्पणी गरेका थिए ।कार्यक्रममा साहित्यकारहरु पूण्य खरेल,सुमित्रा वाङदेल चेली,जीवनहरि शर्मा,चन्द्र भण्डारी,तिला लेकाली,ईन्दिरा दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्रष्टाहरुले लोकार्पण भएको कविता सङ्ग्रहबाट कविताहरु वाचन गरेका थिए ।
कृति लोकापर्ण कार्यक्रममा साहित्यकारहरु यज्ञ परिश्रमी,कृष्ण उदासी, खेमलाल पोख्रेल ,कमलराज भट्टराई ,रुद्र प्रभात,जयनारायण भट्टराई,नरपति पाण्डे,ओमप्रसाद खनाल,हरि पराजुली,बिरेन्द्र खडका,ओमप्रकाश गौतम, डा.लेखनाथ न्यौपाने,
हरिनारायण भट्टराई,हरिप्रसाद रिमाल,राम खरेल लगायतको उपस्थिति रहेको थियो ।साहित्य कला सङ्गमकोआयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता सङ्गमका अध्यक्ष बिष्णु न्यौपानेले गरेका थिए भने कार्यक्रमको सञ्चालन सङ्गमका महासचिब दीपक सुबेदीले गरेका थिए ।