राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नयाँ नेतृत्व

दमक,१६ मंसिर । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नयाँ नेतृत्व चयन भएको छ । यहि मङ्सिर १३ र १४ गते नेपालगन्जमा सम्पन्न महासंघको ९औँ महाधिवेशनबाट  देबिदत्त आचार्यको अध्यक्षतामा नयाँ संघीय कार्यसमिति चयन गरेको हो ।
निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा राम बहादुर कार्की,उपाध्यक्षमा अनिता घिमिरे ,महासचिवमा सुगम भट्टराई,सचिवमा सिर्जना केसी सुक्ला र कोषाध्यक्षमा कुमार रेग्मी चुनिएका छन् । यसैगरि सदस्यहरुमा नेत्र प्रसाद सापकोटा,मदन कुमार बोहोरा ,सावित्रा घिमिरे,शिला घिमिरे ,सीता बराईली ,प्रशान्त डङोल,सञ्जयराज न्यौपाने ,कुल प्रसाद भट्टराई ,सत्यदेवी वाग्ले ,पुष्पराज रिमाल ,मन्जु खनाल,ईच्छा केसी,गोदावरी कुमारी शाह ,सरिता थापामगर,सन्तोष केसी,ममता पौडेल,जानुका रोका चुनिएका छन्। यस्तै,निताकेशरी भट्टराई ,शिला थापा ,शोभा कार्की,सोनिका ढकाल ,वेदराज ढुंगाना ,राम नारायण श्रेष्ठ ,बिष्णु सिग्देल ,दिल कुमारी देवकोटा (दिपा ),रमेश पोखरेल ,राम कृष्ण न्यौपाने ,सुनिल कुमार यादव ,अम्बर गुरुङ्ग,सुनिता लामा,सुरेन्द्र खत्री र बिरुकमल श्रेष्ठ चुनिएका छन् ।
महाधिबेशनले देवीबहादुर पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय अनुशासन आयोग गठन गरिएको जनाईएको छ । आयोगको सदस्यद्धयमा कुमार खत्री पौडेल
र विनिता शर्मा चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published.