शरणार्थीले पठाए ३६ हजार सहयोग, जुटयो एक लाख

दमक,१५ मंसिर । दमक ५ निवासी मिगौला रोगी आशिष खनालको उपचारका लागि सहयोग जुट्ने क्रम बढ्दै गएको छ । २६ बर्षिय खनालको मिगौला प्रत्यारोपणका लागि सहयोग जुटाउन दमकमा अभियान सञ्चालन गरिएपछि स्वदेश तथा विदेशमा बस्दै आएका नेपालीहरुबाट सहयोग जुट्ने क्रम बढेको हो ।
होटल व्यवसायी काजी राउतले दुई सातादेखि शुरु गरिआएको आशिष खनाल बचाँउ अभियानमा हालसम्म रु १ लाख सहयोग प्राप्त भईसकेको बताए । उनका अनुसार विरामी खनालको उपचारमा सघाँउन दमकको बेलडाँगी शिविरबाट अमेरिका पूर्नावास भएका ७ जना भुटानी शरणार्थीले मिलेर रु ३६ हजार सहयोग पठाएका छन् ।
अमेरिकामा नन्द चौहानको अगुवाईमा अमृता गुरुङ, कुमारी तिम्सिना, रानु खडका , सकुन सुब्बा, यान चौहान, गंगा चौहानले संयुक्त रुपमा सो सहयोग रकम पठाएका उनले जनाएका छन् ।
केही बर्षदेखि दुवै मिगौलामा आएको समस्याका कारण काठमाडौंमा उपचाररत खनालको मिगौला प्रत्यारोपणमा रकम अभाव भएपछि राउतले फेसबुकमार्फत अभियान सञ्चालन गर्दै आएका छन् । अभियानमा स्वतपूmर्त रुपमा सहयोग जुट्दै गएको उनले बताए ।
उनले थालेको अभियानका क्रममा हालसम्म करिब रु एक लाख रुपैयाँ संकलन भईसकेको र थप रु १ लाख पुरयाँउने लक्ष्य रहेको सुनाए ।

Leave a Reply

Your email address will not be published.