दमकबाट सिटौला र सुब्बाको उम्मेदवारी घोषणा


दमक,१५ मंसिर । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिबेशन नजिकिएसंगै उम्मेदवारका आकांक्षीहरु बढ्दै गएका छन् । यसैक्रममा दमकबाट दुई जना महाधिबेशन प्रतिनिधिले पार्टी महाधिबेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपसभापति मेदनी प्रसाद सिटौलाले कांग्रेसको आसन्न महाधिबेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । झापा,क्षेत्र न. ५ बाट महाधिबेशन प्रतिनिधिमा निर्वाचित सिटौलाले सामाजिक सञ्जालमार्फत केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरे ।

नेविसंघ पछि नेपाल तरुण दलको एक कार्यकाल समेत केन्द्रीय सदस्य भईसकेका युवा नेता सिटौलाले पार्टी संगठन निर्माण गर्न खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले भने,–‘ भातृ संगठनमा आफूले पुरयाँएको लामो अनुभवलाई पार्टी संगठनमा काम गर्न केन्द्रीय सदस्य पदमा उठ्ने निधो गरेको छु । ’
यसैगरि दमक १ निवासी कांग्रेसका महाधिबेशन प्रतिनिधि शुरेस सुब्बाले पनि केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । राजनीति तथा सामाजिक व्यक्तित्व सुब्बाले आसन्न महाधिबेशनमा आदिवासी जनजातिको कोटामार्फत केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरे ।
यस्तै,कांग्रेस पाँचथरका निर्वतमान जिल्ला सभापति नरेन्द्र केरुङ्गले पनि आदिवासी जनजाति कोटा तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.