रोटरी दमकको रक्तदान ,२९ पिन्ट रगत संकलन

दमक,१५ मंसिर । रोटरी क्लव अफ दमकले आफनो १४औं स्थापना दिवसका अवसरमा आज दमकमा आयोजना गरेको रक्तदानमा २९ पिन्ट रगत संकलन भएको छ ।
स्थानीय गणतन्त्र चौंकमा भएको रक्तदान कार्यक्रममा ७ महिला र २२ पुरुष सहित २९ जनाले रक्तदान गरेका छन् ।
क्लवका अध्यक्ष विक्रम शाहको अध्यक्षतामा तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा प्रमुख अतिथि नगर प्रमुख थापा, रोटरी दमकका पूर्व अध्यक्ष सन्दिप चापागाई, रोट्याक्ट क्लव अफ दमकका अध्यक्ष सुमन पौडेल लगायतकाले सामाजिक कार्यमा रोटरीले पुरयाँउदै आएको योगदानका बारेमा चर्चा गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा कार्यक्रममा रोटरी दमकका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । रक्तदान रोटरी क्लवसहित रोट्याक्ट क्लव अफ दमकले आयोजना गरेको हो । रोटरीले आफनो स्थापना दिवसमा बर्षेनी रक्तदान कार्यक्रम सञ्चालन गरिआएको रोटरी दमकका सचिव प्रेम देवकोटाले बताए ।
इन्द्रेणी सहकारीको रक्तदानमा ६९ पिन्ट रगत
झापाको कमल गाउँपालिका वडा न. ७ गेउरियास्थित इन्द्रेणी बहुद्धेश्यीय सहकारी संस्थाले आजनै आयोजना गरेको रक्तदानमा ६९ पिन्ट रगत संकलन भएको छ ।
संस्थाको २८ औं स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको रक्तदानमा २१ महिला र ४८ पुरुष सहित ६९ जनाले रक्तदान गरेका छन् । रक्तदान संस्थाको कार्यालय परिसरमा आयोजना गरिएको थियो । रक्तदानमा सहभागिहरुलाई प्रंशसापत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.