सुनसरी क्षेत्र न. ४ बाट सञ्चारमन्त्री कार्की विजयी

इटहरी,१५ मंसिर । नेपाली कांग्रेसका नेता एवम सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र न. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनले आफना प्रतिद्धन्दी भन्दा ११२ मतको अन्तरले विजयी भए ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले ) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिआएका छन् ।
उनी २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्वमा रहेको सरकारमा अर्थमन्त्रीसमेत भइसकेका छन् ।मन्त्री कार्कीले २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र न. ४ बाटै विजय हासिल गरेका थिए । विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रिय रहेका भएका नेता कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुन् ।
यो समाचार तयार पार्दासम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी भएको औपचारिक प्रमाणपत्र भने प्रदान गर्न बाँकी छ । समानुपातिकतर्फको समेत मतगणना सकिएपछि विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गर्ने तयारी भइरहेको जानकारी निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।

Leave a Reply

Your email address will not be published.