विर्तामोड र बाह्रदशीको विजयी सुरुवात

झापा,१४ मंसिर । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता आज मंगलबार देखि सुरु भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पहिलो खेलमा बाह्रदशी गाउँपालिका विजयी भएका छन् । कमल गाउँपालिकालाई १९–२५, १५, २५ र २२–२५ को सेटमा पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी भएका छन् । प्रतियोगिताको म्यान अफ दि म्याच बाह्रदशीका सुदिप कार्की घोषित भए । उनलाई नगर दुई हजार सहित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा बुद्धशान्ति गाउँपालिकालाई २०–२५, १८–२५ को सोझो सेटमा पराजित गर्दै विर्तामोड नगरपालिका प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
झापा जिल्ला भित्रका पालिका स्तरीय हुने यस प्रतियोगितामा झापा जिल्लाभरीका १० वटा पालिकाहरुको सहभागिता रहेको खेल संयोजक सुदिप राईले बताए ।
संयोजक राईका अनुसार प्रतियोगितामा बाह्रदशी , कमल , शिवसताक्षी कन्काई , दमक, गौरादह, भद्रपुर ,झापा ,बुद्धशान्ति र विर्तामोड नगरपालिकाको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक राईले बताए ।
प्रतियोगिता अन्तर्गत भोलि बुधबारको पहिलो खेलमा शिवसताक्षीले कन्काई नगरपालिकाको सामना गर्ने छन् भने गौरादहले भद्रपुर नगरपालिकासँग खेल्ने समिति सहसंयोजक तेजकुमार राईले बताए ।

Leave a Reply

Your email address will not be published.