
झापा, १४ मंसिर ।झापा ,मेचीनगर नगरपालिका ६ मेची पुलबाट लागुऔषध ब्राउनसुगर सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई ३ की २४ बर्षीया सरिता विक रहेकी छिन् ।
हिजो दिँउसो साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा विकले आफ्नी ८ बर्षीया छोरीको साथमा लुकाईछिपाई ल्याएको ब्राउनसुगर २ ग्राम फेला पारे पश्चात उनलाई पक्राउ गरिएको छ ।
पक्राउ परेकी विकको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।