हात्तीको आक्रमणबाट खड्काको मृत्यु

इटहरी ,१३ मंसिर । हात्तीको आक्रमणबाट सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित बुढासुब्बा चोकमा एक जना स्थानीयको मृत्यु भएको छ ।गएराति बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटोमा रविन खड्कालाई हात्तीले आक्रमण गरेको थियो ।आक्रमणमा परेका खड्काको घट्नास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.