भुपेन्द्रले सम्हाले याक्थुङ मुन्चइत चोक सयङ

दमक,१५ मंसिर । पूर्वका उदीयमान युवा कलाकार भुपेन्द्र लिम्बू तुम्बाहाम्फे याक्थुङ मुन्चइत चोक सयङ प्रदेश समितिको अध्यक्षमा चयन भएका छन् ।दमकमा आज सम्पन्न याक्थुङ मुन्चइत चोक सयङ प्रदेश समितिको प्रथम प्रदेश अधिबेशनले तुम्बाहाम्फे (मिक्लाजुङ ,मोरङ)को अध्यक्षतामा २८ सदस्यीय  प्रदेश कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको तीन उपाध्यक्षमा दिलु सुब्बा (धरान, सुनसरी), कुशल थलङ (नाङखोल्याङ, ताप्लेजुङ) ,बबिन सुब्बा आङ्देम्बे (कमल गापा –५, झापा), मुख्यसचिवमा नुनाम केरुङ (फालेलुङ –७, पान्थर),तीन सचिवमा मिना नेम्बाङ (दमक, झापा), सुरज लिम्बू जबेगु (भद्रपुर –४, झापा), कर्मीला आङ्देम्बे (चुलाचुली –३, इलाम) र कोषाध्यक्षमा दुर्गा तुम्सा (चौविसे गापा –३, धनकुटा) चुनिएका छन् ।
यसैगरि, सदस्यहरुमा चन्द्रकुमारी तुम्सा (दमक –२, झापा),बुद्धराज फोम्बो (कमल गापा –३, झापा ), चन्द्र फुरुम्बो (कमल गापा – ३, झापा ), चन्द्रकला साँवा (मेचीनगर, झापा), दिलिपकुमार योङहाङ (बुधबारे, झापा) ,संगीत आङ्खेवा (भद्रपुर, झापा), रवी किरण मादेन (बसन्तपुर, तेह्रथुम),प्रमिता फियाक (दमक, झापा), गीता नेम्बाङ (दुर्गापुर, झापा), अप्सरा बोखिम (विर्तामोड, झापा), मिनाकुमारी मादेम्बा (इटहरी –४, सुनसरी),गंगा कन्दङवा (विर्तामोड, झापा), बिक्रम येक्तेन (इटहरी, सुनसरी), आकाश लावती (दमक, झापा), हिमाल लिम्बू (कमल –३, झापा) ,मदन वनेम (धरान, सुनसरी), डीबी लिम्बू, (केराबारी, मोरङ) , जीवन केदेम (मेरीदेन –२, ताप्लेजुङ) र सुनिता थक्सु (मधुमल्ला मोरङ) चुनिएका छन् ।
यसैगरि अधिबेशनले किशोर सम्बाहाम्फे,सानुबाबा सुब्बा , अप्सरा शेर्मा, वनेम विक्रम फागो ,हरिराज खिम्दीङ लगायतका अग्रज कलाकारहरुलाई समेटेर पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको अध्यक्ष तुम्बाहाम्फेले बताएका छन् ।
प्रदेश सांसद विद्या चाम्लिङको प्रमुख अतिथ्यता तथा याक्थुङ मुन्चइत चोक सयङका संघीय अध्यक्ष सागर केरुङको विशिष्ट आतिथ्यतामा भएको अधिबेशनले प्रदेश नं. १ मा ‘लिम्बुवान किरात चलचित्र विकास बोर्ड’ स्थापना गर्न नेपाल सरकारसंग जोडदार मागसहितका नौं बुँदे दमक घोषणापत्र पनि जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published.