दमक,१४ मंसिर । किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको आज सम्पन्न पहिलो बैैठकले विभिन्न निर्णयहरु गरेको छ । किरात भवनस्थित चुम्लुङको आफनै कार्यालयमा बसेको बैठकले गत मंसिर ७ र ८ गते ११ औ नगर अधिबेशन सफलता पूर्वक सम्पन्न गराउन सहयोग पुरयाँउने निर्वाचन समिति, जिल्ला ,प्रदेश ,संघीय समितिका पदाधिकारी,सदस्यसहित आजीवन सदस्यहरुलाई धन्यवाद दिने निर्णय गरिएको छ ।
बैठकले अधिबेशनमा भएको आम्दानी तथा खर्च विवरण समेत पारित गरिएको थियो । जसमध्ये अधिबेशन सम्पन्न गर्न कुल २ लाख ८८ हजार ९ सय ९८ खर्च भएको र विभिन्न व्यक्ति,संस्थाबाट संकलित सहयोग भने १लाख ६५ हजार २ सय १० रुपैया प्राप्त भएको नवनिर्वाचित अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङले बताएका छन् । अधिबेशनमा खर्च भएको बाकी रकम संस्थाले व्यहोर्ने गरि मिलान गर्ने समेत निर्णय गरिएको उनले जानकारी दिए ।
यसैगरि, बैंठकले चुम्लुङ नगर समितिको खाता खोल्ने, मासिक बैठकको तय गरिनुका साथैं नजिकिएको सांस्कृतिक पर्व चासोक तङनाम कमल चुम्लुङसंगै एकिकृत रुपमा स्थानीय आदिवासी रंगशालामा मनाउने निर्णय गरिएको सचिव चन्द्रबहादुर कन्दङवाले बताए । कमलसंग चासोक मनाउनका लागि बैठकले आन्तरिक तथा संस्थागत समन्वय गर्न लासाहाङ निङलेखुको संयोजकमा ५ सदस्यीय टोली समेत गठन गरिएको बनाएको छ ।
गत मंसिर ८ गते सम्पन्न चुम्लुङको ११ औ नगर अधिबेशनको निर्वाचनबाट पुनः युवा व्यवसायी चेम्जोङको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको थियो ।