रोटरी दमकको रक्तदान, ५३ पिन्ट रगत संकलन

दमक,१३ मंसिर । झापाको दमकस्थित रोटरी क्लब अफ दमकको १३ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । संस्थाले विगत बर्षहरुमा जस्तै यस बर्षपनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ ।
गणतन्त्र चोकमा आज बिहिबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा क्लवका पूर्व अध्यक्ष सन्दिप चापागाइँ (दिपु ) , अध्यक्ष पदम बराल, सचिव भेनष श्रेष्ठ,कार्यक्रम संयोजक गौतम गुप्ता लगायत ५ महिलासहित ५३ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा दमकस्थित विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कृषि उद्यमी सुदिप गौतमको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा क्लवका पूर्व अध्यक्ष भरत चम्लागाइँ, रक्तसञ्चार सेवाका दाहाल लगायतले रक्तदानको महत्व माथि चर्चा गरेका थिए ।
कार्यक्रममा सहभागि रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण क्लबका अध्यक्ष पदम बरालले जानकारी दिए । क्लवले विगत सातवर्षदेखि स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.