भोलिदेखि दमकमा जेसीज सप्ताह शुरु

दमक,१५ मंसिर । दमक जेसीजले भोलिविहिबारदेखि जेसीज सप्ताह शुरु गर्दे छ । अघिल्ला बर्षझै यसवर्ष पनि बार्षिक कार्यक्रम अन्तर्गत विहिबारदेखि विभिन्न कार्यक्रमहरु गरि जेसीज सप्ताह शुरु गर्ने तयारी गरेको हो ।
जेसीज सप्ताहलाई भव्य रुपमा सम्पन्न गर्न सवै तयारी पूरा भएको दमक जेसीजका अध्यक्ष सञ्जीव बरालले बताएका छन् । उनका अनुसार जेसीज सप्ताह अन्तर्गत विहिबार सप्ताह कार्यक्रम उद्घाटनसहित दमक १ नगरपालिका अगाडी विहान ७ वजे साईकल रयाली ,विहान १० वजे दमक ८ स्थित निर्माणाधीन तालिम हलमा नेत्र तथा दन्त शिविर र दिउँसो १.३० वजे दमक ६ स्थित साधना शाकोसको हलमा फिजीयोथेरापी सम्बन्धी तालिम सञ्चालन हुने छन् ।
त्यसैगरि जेसीज सप्ताह अन्तर्गत शुक्रवार दमक ८ स्थित जनता माध्यमिक विद्यालयका विपन्न विद्यार्थी शैक्षिक सामाग्री हस्तान्तरण तथा विहान ११ वजे दमक बहुमुखी क्याम्पसमा प्रकरण गोष्ठी सञ्चालन गरिने अध्यक्ष बरालले बताएका छन् । त्यस्तै, शनिवार दिनको १२ वजे दमक उद्योग वाणिज्य संघको सभाहलमा अटिजम रोग सम्बन्धी सचेतना तालिम र सोहि दिन दिनको ३.३० वजे संघको सभाहलमा प्रमाणपत्र तथा पुरस्कार प्रदान गरि समापन गरिने कार्यक्रम रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.