चारआलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा, १४ मंसिर । ट्रकको ठक्करबाट झापाको मेचीनर नगरपालिका १३ चारआली स्थित सडकखण्डमा एक जना बृद्ध पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार अपरान्ह ४ बजे प्रदेश १–०१–००१ ख ३८४८ नम्बरको ट्रकले पैदलयात्री ७० बर्षीय जगतमान सावालाई ठक्कर दिदा घाईते भएका सावाको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
दुर्घटनामा संलग्न रहेको ट्रक र चालक पाँचथर हिलिहाङका ३६ बर्षीय नरेन्द्र कुमार अधिकारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.