प्रधानमन्त्री ओली गृह जिल्ला आउदै

बिर्तामोड,१४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमण सकिए लगत्तै गृह जिल्ला झापा आउने कार्यक्रम तय भएको छ । गृह जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सरिक हुन उनी झापा आउन लागेका हुन् । एमाले झापाका अध्यक्ष प्रेम गिरीले प्रधानमन्त्री ओली यहि मंसिर २३ र २४ मा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागि हुन आउन लागेका हुन् ।
प्रधानमन्त्री ओली झापा आउने तय भएपछि बिहीवार एमालेका अगुवा नेता कार्यकर्ताको बैठक दमकमा बसेको छ । तयारी तथा व्यवस्थापनको विषयमा बैठक बसेको अध्यक्ष गिरीले बताए ।
अध्यक्ष गिरीका अनुसार प्रधानमन्त्री ओलीले मङ्सिर २३ गते दमकमा निर्माण भएको दमक बिजनेस टावरको उद्घाटन गर्ने कार्यक्रम छ । बहुप्रतिक्षित यो बिजनेस टावर केन्द्र सरकार आफैंले सञ्चालन गर्ने निर्णय भइसकेको छ ।
बिजनेस टावरको उद्घाटनपछि प्रधानमन्त्री ओलीले त्यही दिन आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी योजनाको उद्घाटन गर्ने कार्यक्रम छ । मङ्सिर २४ गते गौरादहको स्कुल चौनमा प्रधानमन्त्री ओलीले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने कार्यक्रम छ ।
झापा र मोरङमा बस्दै आएका आदिवासी ताजपुरिया समुदायको भेलालाई केही दिन सम्बोधन गर्ने तथा मेचीनगर ४ स्थित मानव सेवा आश्रमको भवन पनि त्यही दिन उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले बताए ।

Leave a Reply

Your email address will not be published.