दमक ,१४ मंसिर । जिल्लाको कमल गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको यहि मंसिर २१ गते हुन गईरहेको १२ औ उपशाखा सभाको तयारी तीव्र पारिएको छ ।
शुक्रवार बसेको उपशाखाको बैठकले उपशाखा सभालाई सभ्य तथा भव्य रुपले सम्पन्न गर्न आवश्यक सवै तयारी धमाधम भईरहेको उपशाखाका सभापति चन्द्र साहले जानकारी दिए ।
साधारणसभा सम्पन्न गर्न उपशाखाकी उपसभापति चन्द्रकला भण्डारीको संयोजकत्वमा अतिथि सत्कार ,उपसचिव विष्णु सुब्बाको संयोजकत्वमा प्रचार, सदस्य सुरेन्द्र आङदेम्बेको संयोजकत्वमा मञ्च व्यवस्थापन र सभापति साहको संयोजकत्वमा सम्मान तथ पुरस्कार छनौट उपसमिति समेत गठन गरि काम थालिएको उपशाखा सचिव पारषमणि राईले बताएका छन् ।
कमल गाउँपालिका वडा न. ५ मंगलवारे स्थित रेडक्रसको आफनै कार्यालयमा हुने उपशाखा सभामा प्रस्तुत गरिने सभापतिसहित ,सचिव र कोषाध्यक्षको प्रतिवेदन बैठकले पारित गरिएको सचिव राईले बताए ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा हुने उपशाखा सभाको उद्घाटनमा रेडक्रसको संस्थागत विकासमा योगदान पुरयाँएवापत कमल गाउँपालिकाकी निर्वतमान अध्यक्ष मेनुका काफ्लेलाई सम्मान गरिने समेत बैठकले निर्णय गरेको छ । सभामा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, रेडक्रस झापा शाखाका सभापति लोकराज ढकाल, कमल गाउँपालिकाका ७ वटै वडाअध्यक्षहरु, रेडक्रसकर्मीहरुको विशेष आतिथ्यता रहने जनाइएको छ ।
उपशाखा अन्तगर्त हाल ३ सय बढी आजीवन ,विशिष्ट,श्रेष्यकर सदस्यहरु रहेको बताईएको छ ।