आगलागीबाट थापाको ग्वालीसहित घर नष्ट

गौरीगञ्ज ,१३ मंसिर । जिल्लाको गौरीगञ्ज गाउँपालिका वार्ड नं. १ भन्सार टोल निवासी नौलोसिंह थापाको घरमा आगलागी हुदाँ रु २५ लाख बढीको क्षति भएको छ ।
आज साँझ ६ः१५ बजे ग्वाली घरको विजुलीको तार सर्ट भएर आगलागी हुदाँ ग्वालीसहित घरमा पूर्ण रुपमा क्षति हुन पुगेको गौरीगञ्ज १ स्थित कुञ्जिवारी प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सञ्जीव राईले जानकारी दिए । उनका अनुसार आगलागी स्थानीयबासी, प्रहरी, शिवसताक्षीको बारुणयन्त्रको सहयोगबाट करिव ७.१५ वजे आगो नियन्त्रणमा आएको छ ।
आगलागीबाट थापाको घरमा राखिएको करिव २२ मन मकै, २ विगाहाको धान र ६ वटा चौपाया , ४ वटा साइकल जलेर नष्ट हुदाँ करिव रु २५ लाख मूल्य बराबरको क्षति पुगेको गौरीगञ्ज १ का वडाअध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।

Leave a Reply

Your email address will not be published.