मुख्यमन्त्रीद्वारा बेलडाँगी निर्मीत दिवा सेवा भवनको उद्घाटन

दमक, ११ मंसीर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगी दुईमा नवनिर्मीत भवनको उद्घाटन गरेका छन् ।
शनिवार शिविरमा एक कार्यक्रम वीच मुख्यमन्त्री राईले भवनको उद्घाटन गरे । भवन उद्घाटनसंगै उनले मेरो डान्स कप (यूएसए ) र मेरो भ्वाइस कप ( यूएसए ) प्रतियोगिताको समेत शुभारम्भ गरे ।
भवन तथा प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राईले शिविरमा बस्दै आएका वृद्धावृद्धालाई लक्षित गरि निर्माण गरिएको भवन बनाउने व्यक्ति भगवान सरह भएको बताएका छन् ।
उनले कलाकारहरूलाई पनि नजिकबाट चिनेको र कला ,संस्कृतिको विकास गर्न प्रदेश सरकार प्रतिवद्ध भएको औल्याए । उनले गायिका रचना रिमालसहितका कलाकारहरूले नेपाली कला,संगीतमा पुरयाँएको योगदानको प्रशंसा गरे ।
सो कार्यक्रममा एक दर्जन बढी नेपाली नायकदेखि गायकसम्मको उपस्थिति रहेको थियो । जसमा नायकहरू रमित ढुङ्गाना, दिलीप रायमाझी, सन्जीव भण्डारी, नायिकात्रय केकी अधिकारी, वर्षा रावत,वर्षा बस्नेत लगायतका चर्चित अनुहारको उपस्थिति रहेको थियो भने लोक गायक प्रेमराजा महत, गायक ( गायिका क्रमशः प्रमोद खरेल , निशान भट्टराई, रचना रिमाल, अस्मिता अधिकारी , प्रवीण वेडवाल , नृत्यकार करिष्मा ढकाल , शंकर विसी , मोडल ऋचा थापा लगायतको उपस्थिति रहेको थियो। साथै, भ्वाइस अफ नेपालबाट उदाएकी नवगायिका सन्जु मोक्तान लगायतका कलाकारहरुले आफनो प्रस्तुति दिए ।
यस्तै, ३ दशक भन्दा अघिको निकै पुरानो लोकप्रिय गीत बाँझो खेतमा छड्के सलाम छ गाएर लोकगायक प्रेमराजा महतले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए भने उनले पानको पात …बोलको गीत पस्किरहदा मुख्यमन्त्री राजेन्द्र राईसँगै नायिकाहरू केकी अधिकारी, वर्षा रावत र वर्षा बस्नेत , हाँस्यकलाकार सन्दीप क्षेत्रीले कम्मर मर्काई मर्काई नाँचेका थिए ।
ईन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित कार्यक्रममा झापा र मोरङका भुटानी शरणार्थी शिविरमा रहेका सबै वृद्धवृद्धालाई ५ हजारका दरले मासिक भत्ता आजीवन उपलव्ध गराउने सोहि अवसरमा फाउण्डेशनका अध्यक्ष डिल्लीराम अधिकारीले जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published.