पत्रकार भट्टराईको घरमा आगलागी

फिक्कल,११ मंसिर ।इलामको सूर्योदय नगरपालिका वडा नं ११ माघेको एक घरमा आगलागी भएको छ । अन्नपूर्ण पोष्ट इलाम सम्वाददाता पत्रकार तोयानाथ भट्टराईको भान्साघर र गाईबस्तु बाँधिएको पालिमा आज बिहान ११ बजे आगलागी भएको हो ।
सूर्योदय नगरपालिकाको दमकल,सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयको सकृयतामा करिब डेढ घण्टामा आगो नियन्त्रणमा आएको सञ्चारकर्मी लोकेश भट्टराईले जानकारी दिएका छन् । आगोलागीबाट मानविय तथा पशुचौपायको क्षति हुन नपाएको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए । आगजनीको कारण खुल्न सकेको छैन् ।

Leave a Reply

Your email address will not be published.