विश्वकप : अष्ट्रेलियाद्धारा ट्युनिसिया पराजित

झापा, १० मंसिर ।ट्युनिसियालाई पराजित गरेसँगै अष्ट्रेलियाले नकआउट चरणको संभावना कायम राखेको छ। अद जनौव स्टेडियममा शनिबार भएको खेलमा ट्युनिसालाई १–० ले पराजित गर्दै अष्ट्रेलियाले तालिकामा ३ अंक जोडेको छ। पराजित ट्युनिसियाको १ अंक मात्र छ।

पहिलो हाफमा भन्दा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको ट्युनिसिया फिनिसिङमा चुक्दा बराबरीको मौका समेत गुमायो। डिफेन्समा राम्रो प्रर्दशन गरेको ट्युनिसियाको आक्रमण पक्ष भने अष्ट्रेलियासामु कमजोर देखियो। खेलको २३ औँ मिनेटमा मिच डयूकले गरेको गोल नै अष्ट्रेलियाका लागि निर्णायक बन्यो।

खेलको ४१ औँ मिनेटमा ट्युनिसियाका मोन्टारि तालबीको प्रहार पहिलो बारको नजिकबाट बाहिरिँदा बराबरी गर्ने सुन्दर मौका गुमायो। ४४ औँ मिनेटमा ड्युकको प्रहारले पोष्टको दिसा लिन सकेन।

Leave a Reply

Your email address will not be published.