मोरङ, १० मंसिर । मोरङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बू निर्वाचित भएका छन् ।उनले एमालेका घनश्याम खतिवडालाई ४ सय ३० मतले पराजित गर्दै विजयी भएका हुन् । लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत ल्याएका छन् ।
अघिल्लो निर्वाचनमा लिम्बू खतिवडासँग ६ हजार मतले पराजित भएका थिए । त्यसअघि लिम्बूले २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा खतिवडालाई पराजित गरको थिए ।
६ क्षेत्रमध्ये कांग्रेस ३ , एमाले,माओवादी,स्वतन्त्र १ १ विजयी
योसँगै मोरङका ६ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । यहाँको क्षेत्र नम्बर १ मा कांग्रेसका लिम्बूसहित ३ मा सुनिल शर्मा र ६ मा डा. शेखर कोइराला विजयी हुँदा क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ४ मा माओवादी केन्द्र अमनलाल मोदी र ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् ।
२०७४ को निर्वाचनमा मोरङमा कांग्रेसले एक, एमालेले तीन, माओवादी केन्द्रले दुई क्षेत्रमा जितेको थियो ।