गोरुले हान्दा पाँचरमा बृद्धको ज्यान गयो

पाँचथर,१० मंसीर । गोरुले हान्दा पाँचथरमा एक जना वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम नगरपालिका–१४ सानो भालुखोप निवासी ६९ बर्षिय पदमवीर राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
राईलाई मंगलबार साँझ करिब ५ बजे आफैंले पालेको गोरुले थलामा बाँध्ने क्रममा हानेको थियो । गोरुले हानेपछि करिब १ सय ५० मिटर तल खसेका राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.