चुम्लुङ दमकले ‘चुम्लुङ यक ’ मा चासोक तङनाम मनाउने

दमक,९ मंसीर ।लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ दमक शाखाले यसवर्ष पनि येले तङबे- ५०८५ को अवसरमा विविध कार्यक्रम गरि भव्य रुपले चासोक तङनाम मनाउने भएको छ ।
दमकस्थित किरात भवनमा सोमबार सम्पन्न बैठकले दमक २ स्थित स्थानीय जग्गादाता निर्मला देवानले आफना पितृको स्मृतिमा दान दिएको जग्गामा दुई दिवसीय चासोक मनाउने निर्णय गरिएको अध्यक्ष देवेन्द्र मावोहाङ् चेम्जोङले बताए । यहि मंसीर १७ र १८ गते वृहत चासोक तङनाम २०८२ आयोजना गर्न लागिएको उनले जनाए । चुम्लुङले आफनो कला,संस्कृति जगेर्ना गर्ने उद्देश्यले बर्षेनी विशेष उत्सवका साथ चासोक मनाउदैआएको छ । सामूहिक रुपमा मनाईदैआएको चासोक लिम्बू बाहुल क्षेत्रमा विभिन्न कार्यक्रम गरि मनाउदैआएको चुम्लुङ दमक अध्यक्ष चेम्जोङले उल्लेख गरे । उनका अनुसार बैंठकले दाता देवानले चासभोग गर्देआएको उक्त जग्गामा लिम्बू जातिको पहिचान झल्कने गरि त्यस स्थललाई ‘चुम्लुङ यक ’नामाकरण गर्ने निर्णय भएको छ । दाता परिवारले ५ कठठा जमीन दान दिएकी थिइन् ।

सो जग्गाको नाम टुङ्गो लगाउन सल्लाहकार, अग्रज व्यक्तित्व, वडा शाखा, दमकबाट प्रतिनिधत्व गर्ने सङघीय सदस्य, प्रदेश सदस्य, जिल्ला सल्लाहकार र जिल्ला पदाधिकारी, सदस्यहरुसँग पटक पटक छलफल गरिएको र नामकरणमा सहमति जुटेसंगै निर्णय गरिएको अध्यक्ष चेम्जोङले बताए ।
चुम्लुङ दमकका सचिव चन्द्र बहादुर कन्दङवाका अनुसार देवान परिवारबाट प्राप्त सो जमीनमा हरेक शनिवारका दिन बिहान चुम्लुङ कार्यकर्ताहरु भेला भएर जनश्रमदान गर्दै आईरहेका छन् । उनीहरुले जमीनको संरक्षण गर्न त्यहाँ घेराबेरा,सरसफाई लगायतका अभियान सञ्चालन गरिआएका छन् ।

किरात भवनमा आफनो कार्यालय स्थापना गरेर लामोसमयदेखि चुम्लुङले विभिन्न गतिविधि सञ्चालन गर्देआएको छ । एउटै कोठामा दैनिक कार्यसम्पादन गरिदाँ काम गर्न असुविधा हुदैआएकाले छुटटै कार्यालय भवन निर्माण गर्न उक्त जमीन उपयोगी हुने र त्यसका लागि आवश्यक संरचना निर्माण गर्ने लक्ष्य राखिएको सचिव कन्दङवाले बताए ।
जिल्लामै उत्कृष्ठ मानिएको चुम्लुङ दमक शाखाले लिम्बू जातिको भाषा,संस्कृति संरक्षण लगायतका सामाजिक मुद्धाका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरिआएको छ ।
यसैवीच चुम्लुङले झापाका आधा दर्जन बढी पालिकामा चासोक तङनाम विभिन्न कार्यक्रम गरि भव्य रुपले मनाउने तयारी धमाधम भइरहेको जिल्ला अध्यक्ष शेसेहाङ फियाकले बताए ।

Leave a Reply

Your email address will not be published.