गौरीगञ्ज १०, मंसिर । झापा उद्योग वाणिज्य संघ गौरीगञ्जको अध्यक्षमा रुपककुमार श्रेष्ठ निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्व चुन्नका लागि आज भएको निर्वाचनबाट श्रेष्ठले १५५ मत ल्याई अध्यक्षमा विजयी भए । उनका प्रतिष्पर्धी रमेशप्रसाद राजवंशीले १२२ मत प्राप्त गरेका थिए ।
यसैगरि, उद्योग उपाध्यक्षमा विनोद कुमार साह ( १३८ ) मत ल्याई विजयी हुदाँ उनका प्रतिष्पर्धी सन्तोष मेहेताले १२० र गणेश चौधरीले१३ मत ल्याएका थिए । त्यस्तै, वाणिज्य उपाध्यक्षमा १५४ मत ल्याएर मनोजकुमार दास विजयी भए भने उनका प्रतिष्पर्धी मनोजकुमार चौधरीले ११९ मत प्राप्त गरे ।
सचिवमा पवनकुमार दास (१५४ ) विजयी हुदाँ उनका प्रतिद्धन्दी धर्मनारायण गिरीले ११६ मत पाए । उद्योग उपसचिवमा चन्द्रप्रकाश नायक विजयी भए । उनले १४४ मत पाए भए भने उनका प्रतिद्धन्दी उद्धव गौतमले १२६ मत पाए । यसैगरि, बाणिज्य उपसचिवमा चन्दनकुमार दास विजयी भए । दासले १६० र उनका प्रतिद्धन्दी पाण्डव झाले १०७ मत प्राप्त गरेका थिए । यस्तै, कोषाध्यक्षमा सम्झना अधिकारी अग्रवालले १५२ मत ल्याई विजयी भईन् भने उनका प्रतिष्पर्धी नसिर उद्दिनले १०१ मत पाएका थिए ।
यसैगरि, सदस्यहरुमा निरजकुमार साह (१६९ ) , अभिषेक साह (१३३ ), इन्द्रकान्त दास (१२३ ),श्यामाल शर्मा (११६ ) ,संगितलाल हलुवाई (१११) मत ल्याएर निर्वाचित भए । ५ सदस्य पदमा १२ जना उम्मेदवार थिए ।
यस्तै, दुई महिला सदस्यमा पूर्णिमा कुमार साह (१४८ ) र आरतीकुमारी करारले १२३ मत ल्याई निर्वाचित भएको निर्वाचन समितिका संयोजक गोविन्द घिमिरेले जानकारी दिए । विहान ११ बजेदेखि शुरु भई अपराह्न ३ बजेसम्म मतदान भएको थियो । मतदान गौरीगंज – ३ स्थित संघको आफनै भवनमा भएको थियो । संघको अध्यक्षसहित कार्यसमितिका विभिन्न १४ पदका लागि ३१ जना निर्वाचनमा होमिएका थिए । निर्वाचनमा संघमा आवद्ध ३१२ जना मत मध्ये २८४ मत खसेको थियो ।