होटल व्यवसायी महासंघ कोशीको अध्यक्षमा पुनः दंगाल

दमक ,१० मंसिर । होटल ब्यबसायी महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा पुनः दमकका राजन दंगाल निर्वाचित भएका छन् ।ईलाममा आइतवार सम्पन्न दोश्रो प्रदेश अधिबेशनबाट दंगालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्बसम्मत निर्वाचित समितिको बरिष्ठ उपाध्यक्ष महेन्द्र ढुंगाना,त्रय उपाध्यक्षमा गोविन्द थापा, जेपी राई, राजन प्रधान, महासचिवमा वासुदेव बराल,तीन सचिवमा प्रेम सापकोटा, खिलकुमार सुवेदी , लालबहादुर श्रेष्ठ र कोषाध्यक्षमा इन्दिरा श्रेष्ठ लगायत चुनिएका छन् ।
यसैगरि, महिला सदस्यमा पुनम थापा मगर, सदस्यहरुमा वेदप्रकाश दाहाल,रेवतीरमण दाहाल,रविन्द्र अधिकारी, विजयराज प्रसाई,डिल्लीकुमारी ओझा, इन्द्र नारायण भटटराई, नन्दकुमार बाँनिया, केशव गिरी,ममता राई, प्रकाश चौलागाई, उमेश दाहाल,जयप्रकाश उपाध्याय लगायत चयन भएका छन् ।  अधिवेशनबाट सर्वसम्मत पदाधिकारी तथा सदस्यहरुलाई होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेले सपथ ग्रहण गराएका थिए ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यतामा आयोजित अधिबेशन उद्घाटनमा पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल ,होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके ,नेपाल पर्यटन बोर्डका पूर्व संचालक समिति सदस्य कृष्ण शाह, पर्यटन व्यवसायी भबिश श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो।
अधिबेशनमा होटल व्यवसायीहरुले राज्यले उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा वैदेशिक मुद्रा आर्जनको उपयुक्त माध्यम होटल व्यवसाय भएकाले यसको विकासका लागि उद्योग सरहको मान्यता दिनु पर्ने माग गरे ।
उनीहरुले होटल व्यवसायलाई लगानीमैत्री बनाउन र पर्यटनसँगै होटल व्यवसायमा अहिले देशैभर नयाँ लहर सुरु भएकाले पनि अव राज्यले व्यवसायी मैत्री वातावरण बनाउनु पर्ने औल्याए ।

 

Leave a Reply

Your email address will not be published.