भिसी दोश्रो नगरस्तरिय भलिवल प्रतियोगिताको उपाधि ईन्सपायरलाई

दमक ,९ मंसिर । भिक्टोरिया क्रस स्व. रामबहादुर बेघाको स्मृतिमा दमकमा सञ्चालित दोश्रो भिसी कप २०८१ को उपाधि दमक -१ को ईन्सपायर अंग्रेजी बोर्डिङ स्कुलले जितेको छ ।
दमक -८ स्थित शिखर ज्योति बोर्डिङ स्कुलको आयोजना तथा हनेरी क्याप्टेन भिसी रामबहादुर बेघा लिम्बू एमभिओ ट्रष्टको सहयोगमा आयोजित अन्तरविद्यालय भलिवल प्रतियोगिताको छात्र तथा छात्रातर्फको दुवै उपाधि इन्सपायरले जितेको हो । शनिवार शिखर ज्योति स्कूलको खेलमैदानमा भएको फाइनल खेलमा इन्सपायरले सोझो सेटमा आफना प्रतिष्पर्धी शिखर ज्योतिलाई हराएको थियो ।
प्रतियोगिताको छात्रातर्फ वेष्ट प्लेयरमा इन्सपायरकी प्रकृति गहतराज र छात्रतर्फ विजेता टिमका बिशाल गौतम पुरस्कृत भए । प्रतियोगितामा विजेता ,उपविजेता भएका खेलाडीहरुलाई भलिवल संघ कोशी प्रदेश समितिका अध्यक्ष खेम राई, स्व. बेघाकी धर्मपत्नी तथा ट्रष्टकी संरक्षक पुनीमाया बेघा, ट्रष्टका अध्यक्ष मोहनसिं थेवे, सामाजिक व्यक्तित्व धिरेन लावती, शिखर ज्योति स्कूलकी संस्थापक मनकुमारी पन्दाक, स्कूलका प्रिन्सीपल आरेक सुब्बा लगायतले नगदसहित ट्रफि तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
मंसिर ६ देखि ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा दमकसहित उर्लावारीका गरि विभिन्न १३ वटा संस्थागत विद्यालयले भाग लिएका थिए । छात्रातर्फ भलिवलमा ७ वटा र छात्रतर्फ १३ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
दमक ८ निवासी हनेरी क्याप्टेन स्व. भिसी रामबहादुर बेघाको स्मृतिमा गतवर्षदेखि नगरस्तरिय भलिवल प्रतियोगिता सञ्चालन गरिदैआएको विद्यालयकी संस्थापक मनकुमारी पन्दाकले जानकारी दिईन् ।

Leave a Reply

Your email address will not be published.